प्रतिपक्षीले आफ्नो धर्म निभाउन सकेनौं : डा. भट्टराई

Baburam-Bhattarai-2
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली सरकारलाई प्रतिपक्षी दल कांग्रेसले चाँडै बिदा गर्नुपर्ने बताएका छन्।

डा भट्टराईले प्रतिपक्षीको धर्म नै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि बेला वैकल्पिक सरकार दिन तयार रहने भएको भन्दै संसद विघटनको असफल प्रयासपछि पुनः नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न कांग्रेसले ढिला गर्न नहुने बताएका छन्।

भट्टराईले लेखेका छन्, ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो। अहिले असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन: नयाँ प्रपंच गरिरहेको ओली सरकारलाई बिदागर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!’