काठमाडौं। बुधवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ३९ दशमलव ६२ अंकले बढेर २ हजार ५६८ दशमलव ५७ विन्दुमा पुगेको छ। १ दशमलव ५७ प्रतिशतले बढेको बजारमा २०६ ओटा कम्पनीको ४ अर्ब ६४ करोड १५ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ।
कारोबारको तेस्रो घण्टामा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ। कर्पोरेसनको सेयर मूल्य कित्तामा ११५५ रुपैयाँले बढेर सर्किट ब्रेकर लागेको छ। साल्टको अन्तिम कारोबार १२ हजार ७०५ रुपैयाँमा भएको छ। दिउँसो १:४५ साल्ट ट्रेडिङको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको हो । साल्ट ट्रेडिङको ९ करोड ८६ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ। त्यस्तै, चन्द्रागिरी हिल्स, हाइड्रोइेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट, आरएसडिसी लघुवित्त र कालिका पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत् समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४८ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सो अवधिसम्म कम्पनीको शेयरमूल्य ५७२ रुपैयाँमा कारोबार भइरहेको छ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७९० रुपैयाँमा ३३ करोड १ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ।



लोकपाटी न्यूज

