काठमाडौँ। मँगलबार बेलुका देखि पठाओ सेवा अवरुद्द भएपछि नेपाली राइड शेयरिङ कम्पनी ‘टुटल’ प्रयोगकर्ता बढेका छन्। पठाओले बुधबार दिउँसोदेखि आफ्नो सेवा फेरी सुचारु गर्ने भनेतापनि सुचारु नहुदा सेवा ग्राहीहरुले एकैपटक टुटलमा एकैपटक हजारौंले सेवा लिन खोज्दा सर्भर नै डाउन भएको छ।
टुटलका संस्थापक सीईओ शिक्षित भट्टका अनुसार अत्याधिक लोडका कारण ‘सिस्टम क्रयास’ भएको बताए। उनले सर्भर थप गरेर यसअघिको सिस्टमलाई अपग्रेड गर्ने प्रयास भईरहेका जानकारी दिए। ‘पठाओ सिस्टम डाउन भएको रहेछ, पठाओ डाउन भएपछि टुटलमा अस्वभाविक रुपमा ट्राफिक आउँदा प्राविधिक समस्या आयो’ भट्ट भन्छन्, ‘हामी पनि पूर्व तयारीमा थिएनौँ, यति धेरै चाप पर्ला भन्ने नसोचेका कारण हाम्रो पनि सिस्टम क्रयास भईदियो ।’
पठाओले भने सबै प्रयोगकर्तालाई नोटिफिकेशनमार्फत पठाओको ट्याक्सी र खाना डेलिभरीको सेवा सञ्चालनमै रहेको र बाइक सर्भिस भने केही समयमै सुचारु हुने सन्देश पठाएको छ। पठाओ र ट्याक्सी चालकबीच काठमाडौँमा झगडा हुने क्रम बढेपछि महानगरिय ट्राफिक महाशाखाले बुधबारबाट पठाओलाई चल्न नदिने बताएको थियो। महाशाखाले ट्याक्सी र पठाओका प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो।



लोकपाटी न्यूज
