गोर्भाचोवले रुस सिध्याए, ओलीले नेपाल सिध्याउँछन्

लोकपाटी न्यूज

काठमाडाैँ। युवा संघका नवनिर्वाचति अध्यक्ष नरेश शाहीले गोर्भाचोभले रुसमा कम्युनिष्ट आन्दोलन सिध्याएजस्तै प्रधानमनत्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट आन्दोलन सध्यिाउन लागी परेको आरोप लगाएका छन्। उनले माधवकुमार नेपाल, भमि रावल, सुरेन्द्र पाण्डे, धनशयाम भुसाललाई ओली पक्षले स्पष्टिकरण सोध्ने निर्णयलाई ईङ्गित गर्दै उनले यस्तो बताएका हुन।

पार्टीको महासचिव बनेरै रुसमा गोर्वाचोभले कम्युनिस्ट आन्दोलन विघटन गरेको, महासचिव भएको बेलानै लाइटेकले आफ्नो सिङ्गो पोलिटव्युरोको एक चिहान गराएको, आफ्नो खेमा विरुद्ध, प्रतिस्पर्धामा उत्रेका केन्द्रिय नेताहरुलाइ छानीछानी हत्या गरेको र नेपालमै पनि पार्टीको महासचिव र आफ्नो पक्षमा पार्टीमा बहुमत देखाएर नै केशरजंग रायमाझिले कम्युनिस्ट आन्दोलनलाइ विघटन गर्ने प्रयत्न गरेको प्रशङ्ग उल्लेख गर्दै उनले ओली पक्षबाट सोधिएको स्पष्टिकरणको कुनै अर्थ र तुक नभएको उल्लेख गरे। उनले ओली पक्षले सोधेको स्पष्टिकरणको जवाफ दिन कुनै जरुरी नै नभएको पनि बताए।

जवाफ माधव नेपाल, भिम रावल लगायतका नेताहरुले नभई जनताको पसिना माथी पौडी खेल्नेहरु, कर माथी आफ्नो रजाइँ गर्नेहरु, देशको ढुकुटीमा ब्रहम्हलुट मचाउनेहरु, जनताको आशा र भरोसालाई कुठाराघात गर्नेहरुले इतिहास र जनतालाई जवाफ दिनुपर्ने बताए।

यस्तो छ उनले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा:-

कमरेड माधवकुमार नेपाल, क। भिम रावल, क। सुरेन्द्र पाण्डे र क। घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको छ रे १ हामिले त्यो इतिहास पढेका छौं, पार्टीको महासचिव बनेरै गोर्वाचोभले कम्युनिस्ट आन्दोलन विघटनगरे, महासचिव भएको बेलानै लाइटेकले आफ्नो सिङ्गो पोलिटव्युरोको एक चिहान गराए, आफ्नो खेमा विरुद्ध, प्रतिस्पर्धामा उत्रेका केन्द्रिय नेताहरुलाइ छानीछानी हत्या गरे, नेपालमै पनि पार्टीको महासचिव र आफ्नो पक्षमा पार्टीमा बहुमत देखाएर नै केशरजंग रायमाझिले कम्युनिस्ट आन्दोलनलाइ विघटन गर्ने प्रयत्न गरे र दरबार पसे आज फेरि केशरजंग रायमाझी पथको पुनरावृत्ति हुदैछ । देब शमसेर, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी जस्ता असल नेताहरुलाइ दण्डित गर्ने समाज हो यो । तसर्थ यो स्पष्टीकरणको कुनै अर्थ र तुक छैन । मलाई लाग्छ र भन्छु दलालहरुले सोधेको स्पष्टीकरणको जवाफ दिन कुनै जरुरी छैन । जवाफ त कमरेड माधवकुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरुले होइन जनताको पसिना माथी पौडी खेल्नेहरु, कर माथी आफ्नो रजाइँ गर्नेहरु, देशको ढुकुटीमा ब्रहम्हलुट मचाउनेहरु, जनताको आशा र भरोसालाई कुठाराघात गर्नेहरुले इतिहास र जनतालाई जवाफ दिनुपर्ने छ । कुनै पेशा ब्यबसाय बिना, राज्यलाइ कर नतिरी राजनीतिक शक्तिको भरमा करोडौं सम्पत्तिको मालिक बनेकाहरुलाई इतिहास र नेपाली समाजले कहिल्यै माफी दिने छैन यसको मुल्य दलालहरुको मृत्यु पश्चात् पनि तिनका सम्पत्ति र सन्तानहरुले भुक्तानी गर्नुपर्ने छ ।