खानेपानी मन्‍त्री थापा र विप्लवबीच भेटवार्ता

लोकपाटी न्यूज

काठमाडौं। खानेपानी मन्‍त्री मणि थापा र नेकपाका महासचिव नेत्रविक्रम चन्‍द ‘विप्लव’बीच भेटवार्ता भएको छ। मन्त्री निवास पुल्चोकमा मंगलबार दिउँसो मन्‍त्री थापा र चन्‍दबीच भेटवार्ता भएको हो।

भेटका क्रममा चन्‍दले आफ्ना पार्टीका नेता कार्यकर्ता रिहाइमा ढिलाइ भएकोबारे ध्यानकर्षण गराएका थिए। सोमबार मात्रै चन्‍दले प्रधानमन्‍त्री ओलीलाई भेटेका थिए। भेटघाटमा प्रवक्‍ता खड्गबहादुर विश्‍वकर्मा पनि थिए।

विप्लवले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बन्दी रिहाइ र मुद्दा फिर्ताको कुरा उठाएका थिए। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भएको भेटमा फागुन २१ मा भएको तीन बुँदे सहमति अनुसार सरकारले बन्दी रिहाइ र मुद्दा फिर्तामा ढिलाइ गरेको गुनासो गरेका थिए।