प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउँछौं : देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज

सुनसरी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन्। मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औं अन्र्तराष्ट्रिय जातिय विभेद उन्मुल दिवसको अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको आरोप लगाएका हुन्।

सभापति देउवाले प्रहरीले कांग्रेसमा प्रवेश गरेकालाई अनाहकमा पक्राउ गरी हिरासतमा राख्ने क्रम बढेको बताए। अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउने देउवाले चेतावनी समेत दिए।

देउवाले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठेगाना र दर्जा समेत टिपेर केन्द्रीय कार्यालयमा पठाउन समेत कार्यकर्ताहरूलाई निर्देशन दिएका दिए।