अनेरास्ववियुको राष्ट्रिय भेला आज, सम्बोधन गर्न को जाँदै छन् ?

लोकपाटी न्यूज

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को राष्ट्रिय भेला आज हुँदैछ। भेला प्रज्ञा प्रतिष्ठान कमलादीमा ११ बजेदेखि सुरु हुनेछ। भेलालाई माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

केही दिनअघि नेपाल-खनाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको निर्णय अनुरुप नै आज सो पक्षले अनेरास्ववियुको राष्ट्रिय भेला बोलाएको हो। सोमबार बसेको नेपाल-खनाल पक्षको बैठकले पनि देशभर पार्टी कमिटी तथा जनसंगठनहरूको भेला, बैठकलाई निरन्तरता दिने र आधारभूत तहसम्मै रहेको आफ्नो शक्ति परिचालन गर्ने निर्णय गरेको थियो।

यसबाहेक बैठकले राष्ट्रिय भेलाले गरेको निर्णय बमोजिम समानान्तर कमिटी निर्माण प्रक्रियालाई तीव्रता दिने र प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको थियो।