काठमाडाैँ। प्रतिनिधिसभाको सातौँ अधिवेशनको पाचौँ बैठक मंगलबार बस्दैछ। संसद सचिवालयले मंगलबारको बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। मंगलबार १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ।
जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन्। त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमल प्रसाद श्रीवास्तव एक वार्षिक प्रतिवेदन पेश गर्नेछन्।
प्रधानमन्त्रीले पेश गर्ने दुई वार्षिक प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन रहेका छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने कार्यसूची संसद सचिवालयले राखेको छ।




लोकपाटी न्यूज

