‘विद्यार्थीका माग पूरा नभए आन्दोलनमा जान्छौं’ (भिडियोसहित)

ppp
लोकपाटी न्यूज

काठमाडौं। अखिल क्रान्तिकारी उपत्यका जिल्ला समितिले विद्यार्थीका माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएको छ। उपत्यकास्थित सिटीभिटि अन्र्तगका सम्पूर्ण कलेजहरुले आफना पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

उपत्यका जिल्ला समितिले राखेको विभिन्न सात माग एक हप्ताभित्र कार्यान्वयन नभए थप संघर्षरत रहने जनाएको छ। अखिल क्रान्तिकारी उपत्यका जिल्ला समितिका अध्यक्ष विरेन्द्र विष्ट र सचिव जगत भण्डारीद्वारा हस्ताक्ष गरेर बुझाइएको ज्ञापनपत्रमा निम्न माग राखीएको छ।

राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा १५ उपदफा ५ मर्म अनुसार CMA,ANM,lAB Assistant,Aryuved,Amchi सम्वन्धी विषयमा नै स्तारेन्नती अपग्रडे गर्न, कोरोना महामारीको बेलामा शैक्षिक संस्थाले लिएको शुल्कमा ७० प्रतिशत मिनाह गर्न, नियमित रुपमा परीक्षा सञ्चालन गर्ने र समयमै नतिजा प्रकाशन गर्नुपर्ने साथै रिटोटलिङग समयमै प्रकासित गर्न, CTEVT को सम्पूर्ण शैक्षिक संस्थाको शुल्क निर्धारण गर्दा एक लाख रुपता गर्नुपर्ने, CTEVT का सम्पूर्ण कलेजहरुमा विद्यार्थी कल्याण परिषद् स्ववियू काउन्सिलको व्यवस्था गर्न, हाम्रो संगठन (अनेरास्ववियू) क्रान्तिकारी सँग विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने साथै कलेजहरुमा निरिक्षण गरेर प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।