काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्नेहरूले मुटुमाथि ढुंगा राखेर आफूलाई विश्वासको मत दिने दाबी गरेका छन्। शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘राजीनामा दिनु पर्दैन ? भन्नेहरूलाई म भन्छु, पर्दैन। राजीनामाको कुरा गर्नेहरुले मुटुमाथि ढुङ्गा राखी विश्वासको मत दिनु हुनेछ।’
‘अविश्वासको प्रस्ताव ल्याउन सक्नु हुन्न? अविश्वासको मत फिर्ता लिन सक्नुहुन्न?’ उनले भने, ‘नत्र चुनावमा जानु पर्नेछ। चुनावमा जाँदा जनताको चाहना बुझ्नुभएकै छ।’ उनले आफूहरुले संमयमताका साथ सबै दलसँग वार्ता गरिरहेको बताए। परिआए खण्डमा विश्वासको मत सजिलै लिएर देखाउन सक्ने दाबी गरे।
‘सरकारको लागि मरिहत्ते गर्दैनौ। सरकार परिवर्तन भए चुनावबाट स्पष्ट बहुमत ल्याउँछौँ’ उनले भने।



लोकपाटी न्यूज

