नेपाल पक्षको पत्र बोकेर तीन जना सांसद बालुवाटारमा

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा बसिरहेका बेला सिंहदरवारमा माधव नेपाल पक्षका सांसदहरुको भेला भएको छ। भेलाले दलको बैठकमा भाग लिनका लागि शर्त सहितको पत्र तयार पारेको छ।

दलको बैठकमा भाग किन नलिने भन्ने पत्र लिएर सांसदहरु यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ र सोमप्रसाद पाण्डे बालुवाटार गएका छन्। आफूहरु दलको बैठकमा सहभागी हुन्नौं नभनेको तर त्यसका लागि विधान संशोधन लगायतका विषयमा सहमति होस भन्ने चाहेको सुनुवारले बताए।

दलको बैठक एजेण्डासहित हुनुपर्ने, बालुवाटारको साटो सिंहदरवार वा संसद भवनमा होस भन्ने आफूहरुले आग्रह गरेको उनले बताए। नेपाल समूहका ३८ जना सांसदको हस्ताक्षर रहेको भनिएको पत्रमा विधान सम्मत बैठक राख्न ओलीलाई आग्रह गरिएको छ।

पत्रमा विधान सम्मत बैठक राख्न, सर्वोच्च अदालतले दिएको आदेश अनुसार बैठक सञ्चालन गर्न, फागुन २८ को निर्णय फिर्ता लिएर २०७५ जेठ २ गतेको पार्टी संरचनामा बैठक सञ्चालन गर्न माग गरिएको छ।