काठमाडौं। नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज ११औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। कोइरालाले नेपाली राजनीतिमा पुर्याएको योगदानको स्मरणमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन्।
कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो। भने राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला १९८१ सालमा भारतको टेडीमा उहाँको जन्म भएको थियो।
नेपाली राजनीतिमा अतुलनिय योगदान दिएका कोइराला पाँच पटक प्रधानमन्त्री बनेका थिए। २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा कोइरालाको विशेष योगदान रहेको छ।



लोकपाटी न्यूज

