पिसिआर परीक्षणमा बढी शुल्क लिने अस्पतालविरुद्ध मुद्दा

pcr test
फाइल तस्वीर
लोकपाटी न्यूज

चितवन। कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिने दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालय चितवनले मुद्दा चलाएको छ।

कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा तोकिएभन्दा बढी पिसिआर शुल्क लिएको भन्दै मुद्दा चलाइएको हो।

पुरानो मेडिकल कलेजलाई १८ लाख र स्टार अस्पताललाई ५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो। ती अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन्। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्