जसपा नयाँ समीकरण निर्माणको तयारीमा

jasapa
लोकपाटी न्यूज

काठमाडौं। नयाँ समीकरण निर्माणको विषयमा संस्थागत निर्णय लिन जनता समाजवादी पार्टीले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। सो बैठकले पार्टीको आधिकारिक र संस्थागत लाइन तय गर्ने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए।

पार्टीले आधिकारिक लाइन तय गर्दा पार्टी कार्यकर्ता अलमलमा परेका छन्। कार्यकारिणी समितिको बैठकको एजेन्डा तय गर्न मंगलबार र बुधबार काठमाडौंमा जसपाका ५ शीर्ष नेताहरूले डा बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतोले छलफल गरेका थिए।

सो छलफलले कार्यकारिणी समितिको बैठकका लागि तीनवटा अजेन्डा तय गरेको छ। पहिलो एजेन्डामा समसामयिक राजनीतिको विषयमा छलफल हुने, दोस्रो अजेन्डामा समायोजन र अन्य विविध विषयमा कार्यकारिणी समितिको बैठकमा छलफल हुने पार्टीका नेताहरूले जनाएका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्