काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएका एमाले नेता विशाल भट्टराईले जानकारी दिए।
प्रमुख सचेतक भट्टराईले नेपाल पक्षसहित सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिए। बैठकमा संसद बैठक सञ्चालन, पार्टीभित्र देखिएका विवादबारे छलफल हुने उनले बताए। भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए।
यता माधव नेपाल समूहले भने बैठकमा सहभागी नहुने बताएको छ । नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने बताएका हुन् ।



लोकपाटी न्यूज

