नेपाल-खनाल पक्षको स्थायी समिति बैठक जारी

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ। राष्ट्रिय कार्यकर्ता सुरु हुनुअघि स्थायी कमिटीको बैठक बसेको हो।

केन्द्रीय सदस्य गंगालाल तुलाधरका अनुसार ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरु छलफलमा रहेका छन्। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्ने छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ। ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिएको छ। ओली पक्षले चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ।