राष्ट्रपति भण्डारीले यी ७ दलहरुसँग छलफल गर्दै

Bidhya_Bhandari
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्दै छन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएकी हुन्।

पछिल्लो राजनीतिक परिस्थितबारे आह्वान गरिएको छलफल अपराह्न ४ बजे शीतल निवासमा हुनेछ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ।

संसद पुनर्स्थापनालगत्तै सर्वोच्चले एमाले र माओवादी केन्द्र पनि ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको छ। यसैबेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएपछि सोही विषयमा राष्ट्रपति सक्रिय भएको बुझिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्