काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले फागुन २८ गतेको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताएका छन्।
एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले फागुन २८ को निर्णय मान्य नहुने अडान राखेको एक नेताले बताए। बैठकपछि नेता नेपालले अदालतको फैसलापछि पूर्वएमालेको जुन स्थान थियो त्यहि अवस्थाको संरचना कायम राख्नुपर्ने बताए।
उनले फागुन २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य स्थितिमा पु¥याउनुपर्ने समेत बताए। आन्तरिक विवाद चुलिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुबै समूहका नेताहरूबीच सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो।
अदालतको फैसलापछि अब हाम्रा सबै संगठन र संरचना २०७५ वैशाख २ को अवस्थामा आइपुगेका छन्। हामी त्यहीँ फर्किनु पर्छ र तिनीहरूलाई सोही बमोजिम चलाउनु पर्छ,’ नेता नेपालले भनेका थिए।



लोकपाटी न्यूज

