काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आजको छलफलबाट आपूmले गरेको गरेको अपेक्षा पूरा नभएको बताएका छन्।
नेता भुसालले छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै सोमबारको छलफलबाट आफूले गरेको अपेक्षा पूरा नभएको प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘आजको बैठकबाट व्यक्तिगत रुपमा मैले जुन अपेक्षा गरेको थिएँ, त्यो अपेक्षा पूरा भएन।’
उनले फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले आफूसँग रहेका केही नेताहरुलाई बोलाएर गरेको गरेको निर्णयबाट पछिल्लो विवाद सुरु भएको बताए।



लोकपाटी न्यूज

