सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक

agni-sapkota
लोकपाटी न्यूज

काठमाडौं। सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार समितिको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको हो। यसअघि दुई दिन बसेको प्रतिनिधि सभा बैठक अघि उक्त समितिको बैठक बोलाइएको थिएन।

परामर्श समितिमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। परामर्श समितिको बैठकमा दलहरुबीच संसद बैठक सञ्चालनबारे न्युनतम सहमति खोज्नका साथै कार्यसूचीबारे छलफल गर्ने प्रचलन छ।

यसअघि फागुन २३ र २६ गते दुई दिन प्रतिनिधि सभा बैठक बसेको थियो। जसमा पहिलो दिनको बैठक काँग्रेस र जसपाले अवरुद्ध गरेको थियो भने दोस्रो दिन शोक प्रस्ताव पारित गर्दै सकिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्