सरकारले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहसँग वार्ता गरी कार्यकर्ता रिहाइ गर्ने सहमती गरे पनि विप्लवका केन्द्रीय सदस्य अझै रिहा भएका छैनन्। खाँदबारी कारागारमा कैद जीवन भोग्दै आएका माईला लामा अझै रिहाइ भएका छैनन्।
संखुवासभा प्रशासनले भने माथिबाट छाड्न आदेश नआएकाले छाड्न नसकेको जनाएको छ। तर सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले यस समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन्।
केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जेल जीवन विताउदै आएका छन्। खाँदबारी कारागारमा लामा सहित सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता जेल भित्रै रहेका छन्। विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए।



लोकपाटी न्यूज

