कोठामा निस्सासिएर साउदको मृत्यु

Death pic
सांकेतिक चिन्ह
लोकपाटी न्यूज

बैतडी। बैतडीमा कोठामा निस्सासिएर एकजनाको मृत्यु भएको छ। कोठाभित्र हिटर बालेर सुतेका दुईजना मध्ये एक जनाको निस्सासिएर मृत्यु भएको हो। एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ।

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका ३ पुडिलका ३५ वर्षीय राजसिंह साउद रहेका छन्। राजसिंहकी भतिजी २० वर्षीया सरिता साउँदलाई अचेत अवस्थामा उद्धर गरिएको छ।राजसिंहले बुधबार धनगढीबाट कुखुराका चल्ला ल्याएको र खोर बन्न बाँकी रहेकोले कोठाभित्रै रोखका थिए।

चल्लालाई चिसो हुन्छ भनेर कोठामा हिटर बालेर सुत्दा उनको निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। अचेत अवस्थामा भेटिएकी सरितालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्