एसईई परीक्षा जेठ १३ देखि २४ गतेसम्म

examination_board_
लोकपाटी न्यूज

काठमाडौं। २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ। विगतमा एसईई चैतमै हुँदै आएकामा यसपालि कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले धकेलिएको हो । सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्