काठमाडौँ। आगामी फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको पूर्वसन्ध्यामा सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ। काठमाडौंको सिभिल अस्पतालमा फागुन १९, २० र २१ गते बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने तयारी गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। बिहान १० बजेदेखि ४ बजेसम्म सबै सांसदहरु र कर्मचारीहरुलाई खोप लगाउने तयारी भएको छ।
यसबारे सबै सांसद तथा कर्मचारीलाई सचिवालयले खोप लगाउन जानकारी समेत गराएको छ। पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय गरेका थिए। प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम संविधानविरोधी भएको भन्दै सर्वोच्चमा एक दर्जनभन्दा बढि रिट परेका थिए। उत्त रिटहरुमाथी सुनुवाई गर्दै फागुन ११ गते सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन नेपाल सरकारको नाममा परमादेश दिएको थियो।



लोकपाटी न्यूज