धादिङ, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् ।
लिःल फङ (घले समाज) केन्द्रीय समितिले आयोजना गरेको ल्होसार कार्यक्रममा उनले घले जातिलाई आदिवासीमा सुसुचीत गराउन आफूले सक्दो प्रयास गर्ने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, वेशभूषा, मौलिकता, भाषा र खानपान भएर पनि आदिवासीमा सुसूचित नहुनुमा आफुहरुको गल्ती स्वीकार गरेका छन् ।
पूर्व गृहमन्त्री बुद्धिमान तामाङले धादिङका विभिन्न ठाउँमा घलेले राज्य गरेको तर त्यसको कुनै लिखित इतिहास नभएको बताएका छन् । घलेले आफ्नो पहिचान जोगाउन आफैँ जागरुक हुनुपर्ने उनले बताए ।
कार्यक्रममा १६ राष्ट्र र नेपालका ३६ जिल्लाका मानिसहरुले सहभागीता जनाएका थिए ।



लाेकपाटी न्यूज

