नेपाल नयाँ युगमा प्रवेश गर्‍यो : प्रधानमन्त्री ओली

Kp Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

डिजिटल माध्यमबाट माटोको स्वास्थ्यस्थितिबारे जानकारी लिन सकिने भएपछि अब माटो बोकेर परीक्षण गराउन जानुपर्ने परम्परागत स्थितिको अन्त्य भएको उनले बताए। मोबाइलबाटै हेरेर वा टेलिफोन गरेर पनि माटो विज्ञहरूबाट जानकारी दिन सकिने उनको भनाइ छ। उनले दक्षिण एसियामै माटोको डिजिटल नक्सा भएको देश नेपाल पहिलो भएको दाबी गरे।

‘यस्ता महत्त्वपूर्ण कामलाई मैले नयाँ युगको सुरुआत भन्ने गरेको छु, डिजिटल माध्यमबाट कुन ठाउँको माटोको स्थिति के छ ? त्यो थाहा पाउन सक्ने भयौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी दक्षिण एसियामै पहिलो देश बनेका छौं, सुरुमा अलिक असहज होला, यस्तो अवस्थामा माटो विज्ञलाई टेलिफोनबाटै भनेर जानकारी लिन सकिन्छ।’

प्रधानमन्त्री ओलीले कृषिमा झण्डै (दुई तिहाइ -६५ प्रतिशत) जनसङ्ख्या निर्भर रहेको बताए। राष्ट्रिय आयमा योगदान भने २७ प्रतिशत रहेको भन्दै अब व्यावसायीकरण र आधुनिकीकरणमा लाग्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्