सर्वाेच्च अदालतले गरेको फैसला विवादास्पद छ, प्रधानमन्त्रीले राजीनामा दिनुहुने छैन : सूर्य थापा

Surya Thapa
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका छन्। मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारी निर्णयलाई बदर गरेसँगै सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन्।

थापाले फेसबुकमा लेखेका छन् ‘सर्वाेच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ। र, कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ। ‘यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन। बरू अस्थिरता अझै बढ्ने छ। सत्ताको खेल बढ्नेछ।’

सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्