चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धी प्रधानमन्त्री केपी ओलीले धरापमा पारेको बताएका छन्। आम नेपाली जनता र राम्रो दिमाग भएका व्यक्ति ओलीका विरुद्धमा रहेको प्रचण्डले बताए।
सोमबार गृहजिल्ला चितवनमा पत्रकारसँग बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्च¥याली गर्दै हिँडेको बताए। ओलीले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर सर्वसाधारण भेला गर्नुको कुनै अर्थ नहुने बताए।ओलीले प्रधानमन्त्रीले प्रतिगमनको बाटो पक्डिएदेखि नै हारिसकेको बताए।
प्रचण्डले भने, ‘जतिबेला प्रतिगमनको बाटो पक्डिनुभयो, प्रतिक्रासिन्तको बाटो पक्डिनुभयो, उहाँ हारिसक्नुभएको छ, उहाँले मतमा पनि हार्नुहुन्छ, ब्यवहारमा पनि हार्नुहुन्छ।’
’प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने बताए। उनले भने, ’चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।’


लोकपाटी न्यूज

