झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान

लोकपाटी न्यूज

काठमाडौँ। नेकपा प्रचण्ड(माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रवार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन्। ‘स्वास्थ्य परीक्षणका लागि जानुभएको हो। चार दिनपछि फर्कनुहुन्छ’, खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिए। खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्नेछन्।