आईपीलको लिलामीमा सन्दीप छनौट, ४० लाख बेस प्राईज

sandip lamichhane
लोकपाटी न्यूज

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने ईन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीका लागि छनौट भएका छन्। दिल्ली क्यापिटल्सले उनलाई यो सिजन रिलिज गरेपछि उनी लिलामीमा सहभागी हुन लागेका हुन्। २० वर्षीय बलरको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ रहेको छ।

१८ फेब्रुअरीमा हुने लिलामीमा २९२ खेलाडीको अन्तिम सूची जारी गरिएको छ। अस्ट्रेलिया ब्याट्सम्यान शन मार्स, न्युजिल्याण्डका अलराउन्डर कोरी एन्डरसन र दक्षिण अफ्रिकाका पूर्व फास्ट बलर मोर्ने मोर्कललाई फ्रेन्चाइजीको आग्रहमा लिलामीमा सहभागी गराइएको छ।

सर्वाधिक २ करोड भारु बेस प्राइसमा दुई भारतीय हरभजन सिंह र केदार जाधवसहित ग्लेन म्याक्सवेल, स्टीभ स्मीथ, सकिब अल हसन, मोइन अली, साम बिलिङ, लियाम प्लंकेट, जेसन रोय र मार्क वुड रहेका छन् । १.५ करोड बेस प्राइसमा १२ जना खेलाडी रहेका छन्।

आगामी सिजनका लागि ८ फ्रेन्चाइजीसँग ६१ स्लट खाली रहेका छन्। यसमध्ये २२ जना विदेशी खेलाडीले अवसर पाउनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्