२९ पुस । सरकारको प्राथमिकतामा परेको धरान-चतरा-सिन्धुली-हेटौँडा सडकको निर्माणकार्य तीव्र गतिमा भइरहेको छ ।
सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको दुवै खण्डमा लगभग ४५ प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । सडकखण्ड अन्तर्गत पर्ने पुल निर्माणका कामहरु धमाधम भइरहेका छन् ।
राजमार्गको पुर्व र पश्चिम गरी दुई खण्डमा बाँडेर काम भइरहेको छ । आयोजनाका अनुसार सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्ट लगायतको संरचना निर्माणको काम तीव्र गतिमा भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवनपुरको हेटाैडा महानगरपालिका–६ चौगडासम्मको कुल ११५ किलोमिटर सडकमा धमाधम काम भइरहेको आयोजनाका पश्चिम खण्डका इन्जिनियर सजग थापाले जानकारी दिए । आयोजनाका अनुसार कुल १ सय १५ किलोमिटर सडक खण्डअन्तर्गत सडकतर्फ करिब ३५ प्रतिशत र पुलतर्फ झन्डै ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।




लाेकपाटी न्यूज