महिला संघको महासचिवमा तेस्रो लिङ्गी अप्सरा नियुक्त

Apsara Reddy02
लाेकपाटी न्यूज

काठमाडौं । काँग्रेस निकट महिला संघको महासचिवमा तेस्रो लिङ्गी अप्सरा रेड्डी नियुक्ति भएकी छन् ।

भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले अप्सरालाई काँग्रेसको राष्ट्रिय महासचिवमा नियुक्त गरेका हुन् । महिला कांग्रेसको राष्ट्रिय महासचिव बनेकी रेड्डी पहिलो तेस्रो लिङ्गी हुन् ।

अप्सराको आर्थिक स्थिति खासै राम्रो थिएन । तर, उनी पढाइमा भने अब्बल थिइन् । सोही कारण उनी छात्रवृतिमा अष्ट्रेलिया र बेलायतमा पढ्न सफल भइन् ।

उनले कुनैबेला पत्रकारिता पनि गरिन् । पत्रकारिता छोडेपछि अप्सरा एआईएडीएमकेको प्रवक्ता भइन् । तर, तमिलनाडुकी मूख्यमन्त्री जयललिताको मृत्युपछि उनले पार्टी छाडिन् । उनी एक समय भारतीय जनता पार्टी (बीजेपी)मा पनि आबद्ध थिइन् । केही समयपछि बीजेपी पनि त्यागिदिइन् ।