अहिलेको आन्दोलन लोकतन्त्रको रक्षाको लागी हो : योगेश भट्टराई

yogesh-bhattarai
लोकपाटी न्यूज

काठमाडौँ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले अहिलेको लडाइँ पदका लागि नभएको स्पष्ट पारेका छन। सोमबार नेकपा ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चको भेलामा भट्टराईले अहिले भइरहेको लडाइँ विचार र सिंद्धान्त तथा लोकतन्त्रको रक्षाका लागि भएको भन्दै यसलाई पदसँग जोडेर हेर्न नहुने बताए।

उनले अहिले प्रचण्ड र ओली वा माधव नेपाल वा ओलीबीचको लडाइँ नभएको भन्दै विभिन्न आन्दोलनको उपलब्धि रक्षा गर्नका लागि भएको पनि बताए। उनले संसद विघटन गर्ने असंवैधानिक कदमको अगुवाई केपी ओलीले गर्नु दुखद भएको तर्क गरे।

अहिलेको ओलीको कदम छापामार रुपमा सत्ताकब्जा गर्ने नै भएको उनले तर्क गरे। दलको दुरुपयोग गरेर गरिने सत्ताकब्जा स्वीकार्य नरहेको उनले बताए। त्यस्तै माघ २८ गते हुने जनसभामा अहिलेसम्मकै धेरै सहभागीता हुने दाबी गरे। कार्यक्रममा ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो।