झापा। ओली समूह एकेश्वरवादी भएको राम कार्कीले बताएका छन्। नेकपाकाे प्रचण्ड-ओली समूहका नेता कार्कीले आली समूहले एउटै ईश्वर मान्ने गरेको र त्यो ईश्वर भनेको केपी ओली रहेको बताएका हुन्। झापामा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
एकेश्वरवादीहरुको समूहमा मार्क्स, एङ्गेल्स, माओ, मदन भण्डारी, पुष्पलाल कसैको मतलब नभएको उनले बताए। ‘नेताभन्दा नीति प्रदान हुने’ पुष्पलालको भनाई स्मरण गर्दै उनले भने, “हिजो देख्नुभयो होला, मैले हनुमानको पूजा गर्दा बढाबढा हनुमानको मूर्ति देखेको थिए, त्यस्तै मूर्ति थियो ओलीको।”
धर्मको पनि पन्थ हुने बताउँदै उनले त्यहाँभित्र पनि दुई पन्थ भएको बताए, “त्यहाँ एउटा बावादी छन्, अर्का कामरेडवादी।” ओली हिजो जेल परेको थाहा पाएका, उनले झापामा गरेको आन्दोलन बुझेकाहरु कामरेडवादी भएको भन्दै उनले भने उनीहरु सोझा र पछौटे अवस्थामा रहेकाे बताए। उनीहरुलाई त्यहाँ कसैले मतलव गर्दैनन्। अहिले ओली समूह सञ्चालन गर्नेहरु बावादी भएको उनको बुझाई छ।
अहिले सबै फुर्तिफार्ती बावादीको रहेको भन्दै उनले भने, “आफ्नो बालाई मानेको होस् वा नहोस् अहिले उ पनि ओली समूहमा बावादी भएको छ।” कार्कीले बावाद कम्युनिस्ट आन्दाेलनकाे महाराेग भएकाे पनि बताए।



लोकपाटी न्यूज

