काठमाडौं । सत्तारुढ नेकपा पक्षले भाेली आईतबार आयाेजना गरेकाे भेलाबारे विप्लव समुहले कडा कदम चाल्नसक्ने भन्दै उच्च सतर्कता अपनाईएकाे छ । वार्ताकाे नाटक गर्दै धमाधम नेता तथा कार्यकर्ता पक्राउ गर्न थालेपछि भाेलीकाे सभालाई विप्लव समूहले निशाना बनाउन सक्ने आँकलन गरेकाे हाे ।
यसअघि ओली सरकारले विप्लवसँग वार्ता गर्ने हल्ला चलाईपनि विप्लवले भने ओलीकाे संकट टार्न वार्झा नगर्ने बताईसकेकाे छ। उच्च सुरक्षा श्राेतका अनुसार, राजधानी बाहिरबाट भेलामा सहभागी हुन काठमाडौं आउने ओली समर्थकहरुसँग मिसिएर विप्लवका सैन्य प्रशिक्षित कार्यकर्ता भित्रिने सम्भावना बढेकाे हाे। सुरक्षा चेकिङ पनि नहुँदा यसरी राजधानी भित्रिन सजिलाे हुने र उनीहरुले भाेलीकाे भेलामा बम राखेर तर्साउने सम्भावना रहन सक्ने भएकाेले सुरक्षा र जासुसी जालाे चुस्त बनाईएकाे श्राेतले दावी गरेकाे छ।
त्यसैपनि प्रचण्ड माधव समुहकाे आज अाव्हान गरिएकाे बन्दका कारण प्रदेश १, २ र नारायणी पारिका कार्यकर्ता आउन नसक्ने अवस्थामा छन् । कतिपयले भने हिंसात्मक झडप हुनसक्ने भन्दै काडमाडाै नजाने बताएका छन्। ओेली पक्षले ५-६ हजार मानिस अटन सक्ने गरि दरबारमार्गकाे डेढसय मिटर लामाे र ६०-७० मिटर चाैडा सडकखण्डलाई आमसभास्थल बनाउने निर्णय गरेकाे छ।



लोकपाटी न्यूज

