भरतमोहन अधिकारी अस्पताल भर्ना

Bharat-Mohan-Adhikari-2
लाेकपाटी न्यूज

काठमाडौं, २८ पुस । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् ।

छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिए ।

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको उनले बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइरहेको छ । उनको उपचारमा डा. राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्