किन्शास, २७ पुस । कङ्गोमा हालै भएको राष्ट्रपतीय निर्वाचनमा दोस्रो भएको पार्टीले पुनः मतगणना गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराउने भएको छ ।
निर्वाचनमा आफ्नो पार्टीले ६१ प्रतिशत मत पाएको भएपनि मतगणनामा धाँधली भएको भन्दै दोस्रो ठूलो पार्टीले संवैधानिक अदालतमा मुद्दा दिन लागेको हो ।
“पुनः मतगणनाको माग गर्दै हामी शनिबार संवैधानिक अदालतमा जान लागेका छौ,” पार्टीका नेता मार्टिन फायुलुले आफ्ना समर्थकहरूको -यालीमा शुक्रबार भने ।
गत बिहीबार घोषणा गरिएको निर्वाचन परिणाममा फेलिक्स टीसिसेकेडीले ३८.५७ प्रतिशत मत ल्याएर विजयी भएको र फयुलुले ३४.८ प्रतिशत मत ल्याएर दोस्रो भएको घोषणा गरिएको थियो ।
वर्तमान राष्ट्रपति जोसेफ काबिलाको समर्थनमा उम्मेदबार बनेका इम्मानुयल रमजानी शडारीले भने २३.८ प्रतिशत मत ल्याएर तेस्रो भएका छन् ।
घोषित निर्वाचनले धेरैलाई चकित बनाएको समाचारमा जनाइएको छ । निर्वाचन अघि धेरैले फायुलुले नै निर्वाचन जित्ने दावी गरेका थिए ।



लाेकपाटी न्यूज

