काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाले केन्द्रीय समिति बैठक बोलाएको छ। विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले केन्द्रीय समिति बैठक बोलाएको हो। स्थायी समिति सदस्य गणेश साहले सोमबार ११ बजे कार्की ब्यांक्वेटमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए।
निर्वाचन र २८ गतेको जनप्रदर्शन बैठकको एजेण्डा हुने साहले जानकारी दिए। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको निर्णय नआउँदै निर्वाचनका कार्यक्रम अघि बढाउन नहुने पक्षमा प्रचण्ड-नेपाल पक्ष रहेको छ।
बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा समेत छलफपल हुने छ। प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा निरन्तर आन्दोलनमा छ। यसअघि नेकपाले तेस्रो चरणको आन्दोलनको पनि घोषणा गरिसकेको छ।



लोकपाटी न्यूज

