‘सर्वोच्चले ओलीलाई बालकोट पठाउँछ’

KP_Sher
लोकपाटी न्यूज

काठमाडौं। नेपाल वार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सर्वोच्च अदालतले सरकारको संसद विघटनको निर्णय खारेज गरिदिने बताएका छन्। एक रेडियोलाई दिएको अन्तर्वार्ता केसीले संविधानले नदिएको अधिकार प्रयोग गरेर संसद भंग गरेकोले अदालतले उक्त निर्णय खारेज गरिदिने दाबी गरे।

‘केपी ओलीजीले गैरसंवैधानिक काम गर्नुभएको छ। अदालतले ओलीजीको कदम खारेज गरिदिनेछ’, उनले भने, ‘संसद् आउनेछ। संसद आयो भने पनि ओली नै प्रधानमन्त्री हुनुहुन्छ। पछि संसद्ले कसलाई प्रधानमन्त्री बनाउँछ त्यो पछिको कुरा हो।’ केसीले संसद्को गरिमा राख्नुपर्ने बताए।

उनले मनमोहन अधिकारीको पालामा विघटन भएको संसद् फर्किएको समेत उल्लेख गरे। ‘विघटन भएको संसद् मनमोहन अधिकारीको पालामा फर्कियो,’ उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको धन्यावादको प्रस्ताव फेल भएको थियो। संसदीय दलबाट निर्णय गराएर संसद विघटन गर्नुभएको थियो। त्यस बेला संसद भंग गर्ने अधिकार थियो। काँग्रेसले संसद भंग गरेको परिणति भोग्यो’

संसद् विघटनका विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेका बेला बारका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता केसीले न्यायालयले संसद फर्काइदिने दाबी गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्