धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा चन्द्रप्रसाद ढकाल

लोकपाटी न्यूज

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको संचालक समिति सदस्यमा नियुक्त भएका छन्। महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा ढकाल नियुक्त भएका हुन्। यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सदस्य थिए । महासंघले आफ्नो तर्फबाट नियुक्त हुने सदस्यमा वरिष्ठ उपाध्यक्ष ढकाललाई पठाउने निर्णय गरेको हो।

बोर्डको ७ सदस्यीय संचालक समितिमा कार्यकारी अध्यक्ष र विज्ञ संचालक गरी सरकारले २ जना सदस्य नियुक्त गर्छ। बाँकी ५ जना भने पदेन सदस्य रहने गरेका छन् । सरकारले कार्यकारी अध्यक्ष भिष्मराज ढुंगाना र विज्ञ संचालकमा अशोककुमार पौडेललाई नियुक्त गरेको छ।

अन्य सदस्यहरुमा अर्थमन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव सदस्य बन्छन्। अहिले अर्थमन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको तर्फबाट सहसचिव निर्मला अधिकारी भट्टराई सदस्य छन्। यस्तै, नेपाल राष्ट्र बैंकका एक जना कार्यकारी निर्देशक र चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालको तर्फबाट एक जना सदस्य बन्ने व्यवस्था छ। सो व्यवस्था अनुसार राष्ट्र बैंकबाट कार्यकारी निर्देशक डा। गुणाकर भट्ट र चार्टर्ड एकाउन्टेन्ट संस्थाका उपाध्यक्ष युद्धराज ओली संचालक समिति सदस्य छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्