दिल्लीलाई मन्त्री ज्ञवालीको प्रश्न,: भारतीय रुपैयाँ सटही कहिले ?

pradip and sushma
लाेकपाटी न्यूज

काठमाडाैं, २७ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिबन्धित भारतीय रुपैयाँ सटही बारे भारतको ध्यानाकर्षण गराएका छन् ।

चौंथो राइसिना डायलगलाई सम्बोधन गर्न नयाँ दिल्ली पुगेका परराष्ट्र मन्त्री ज्ञावलीले नेपाल राष्ट्र बैंकमा रहेको भारतीय रुपियाँ सटहीकोलागि आग्रह गरेका हुन ।

भारतीय समकक्षी सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भएको भेटवार्तामा उनले भारु सटिहको विषयका सम्वन्धमा भएको प्रगतिका बारे प्रश्न गरेका हुन् ।

नेपालमा प्रतिबन्धित पाँच सय र एक हजार रुपैयाँका करिब आठ करोड रुपैयाँ रहेको अनुमान राष्ट्र बैंकको छ । सर्वसाधारणसँग पनि धेरै परिमाणमा त्यस्ता भारतीय रुपैयाँ रहेकाले उनीहरूलाई ठूलै मर्का परेको नेपाल बौंकर्स एसोसिएशनले जनाएको छ ।

अर्कातर्फ सर्वसाधारणले भारतमा रोजगारी गरेर कमाएर ल्याएका पैसा पनि नसाटिदा सर्वसाधारण र ब्यवसायीहरुसँग रहेको भारतीय पैसा कागज बनेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्