तीन महिनाभित्र सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुन्छ : प्रधानमन्त्री ओली

KP sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड–१९ विरूद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने बताए।

ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौँ । यो खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराइनेछ।’

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारदेखि सुरु भएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाएर अभियान सुरु भएको हो। त्यसपछि डा. अनुप बास्तोला, रेडियोलोजिस्ट कन्सल्टेन्ट ८० वर्षका नेत्र बहादुर अमात्य, रुना झासहितले खोप लगाएका छन्।

टेकु अस्पतालसँगै देशभर बुधबारदेखि अभियान सुरु भएको हो । भारतले अनुदानमा दिएको १० लाख डोज खोप लगाउन थालिएको हो।