काठमाडौं। सरकारले हालै सार्वजनिक गरेको नागरिक एप परिक्षणकै क्रममा छ। सरकारले यो एपको अत्यधिक प्रयोग बढाउन प्रयोगकर्ताहरुलाई मोबाइल डेटा निःशुल्क गर्ने भएको छ। एनटिसी र एनसेल दुबै मोबाइल प्रयोगकर्ताहरुले डेटा निःशुल्क प्रयोग गर्न सक्नेछन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डेटाका लागि एक बेग्लै समिति गठन गरेर आवश्यक प्रक्रिया अगाडि बढाईसकेको छ। नेपाल टेलिकमलाई सर्भरको डिटेल समेत उपलब्ध गराइसकिएको मन्त्रालयले जनाएको छ। नेपाल टेलिकमले पनि आवश्यक गृहकार्य सुरु थालिसकेको छ। सरकारले धेरैजसो सरकारी सेवा सुविधा नागरिक एपबाट उपलब्ध गराउने लक्ष्य राखेको छ।
सेवाप्रदायक कम्पनिहरुसँग नागरिक एप चलाउँदा मोबाइल डेटा चलाउँदा निःशुल्क हुने व्यवस्था गर्न छलफल समेत भईसकेको छ। एप डाउनलोड गर्दा भने त्यसमा भने शुल्क लाग्नेछ। डाउनलोडपछि एप चलाउँदा भने निःशुल्क गर्ने व्यवस्था गरिएको छ। कहिलेदेखि यो सेवा सञ्चालन हुने भन्ने निर्णय भईसकेको छैन। एनसेलले निश्चित महिनाका लागि मात्र डेटा फ्री गराउन सकिने जनाएको छ।
नेपालकै ठूलो मोबाइल सेवाप्रदायक स्मार्ट सेलसँग डेटा निःशुल्कबारे छलफल नै नगरिएको बताईएको छ। नागरिक एपमा आवद्ध नभएको र यसका प्रयोगकर्ताहरुको संख्या पनि कम भएकाले स्मार्ट सेलसँग छलफल नगरिएको बुझिएको छ।



लोकपाटी न्यूज
