तोलामा ४ सयले बढ्यो सुन

लोकपाटी न्यूज

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ४०० रुपैयाले बढेको छ ।

सोमबार प्रतितोला ९१ हजार ६०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ४०० रुपैैंयाले बढेर प्रतितोला ९२ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया रहेको छ ।

यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैैयाले बढेर मंगलबार १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारका चाँदीको मुल्य प्रतितोला १२ सय ३० रुपैया रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्