महासंघले बनायो रोजगार परिषद

लोकपाटी न्यूज

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले रोजगारदाता परिषद् गठन गरेको छ। एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन गरिएको हो। परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएको महासंघले जनाएको छ।

परिषद्का सदस्यमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यमा विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डाबर नेपाल चुनिएका छन्।

त्यसैगरी वस्तुगत संघ समूहबाट परिषद्को सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट सदस्यहरूमा उद्योग संगठन मोरङका राकेश सुराना, वीरगञ्ज र सिद्धार्थनगर उवासंघका प्रतिनिधि छन्।

यस्तै प्रदेश समूहबाट परिषद्को सदस्यहरूमा प्रदेश १ बाट महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वाग्मती प्रदेशबाट महासंघको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दीपक पौडेल चुनिएका छन्।

यस्तै परिषद्ले असल श्रम सम्बन्धको प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी, अन्तर्राष्ट्रिय क्षेत्रीय विदेशी रोजगारदाताहरुको संघसंस्थासँग आवश्यक सम्बन्ध स्थापित गर्ने र सोसँग सम्बन्धित काम गर्ने, श्रम समस्या निराकरण गर्न प्रयत्न गर्ने र त्यस्ता समस्याको समाधानका लागि नेपाल सरकारमा सुझाव प्रस्तुत गर्नेलगायत काम गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्