छाउगोठले लियो आमासहित २ बालकको ज्यान

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

बाजुरा, २५ पुस । छाउगोठमा आगो लाग्दा आमा सहित जलेर दुई बालकको मृत्यु भएको छ ।

बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा सो घटना भएको हो ।

मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीय रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकका आमा र दुई छोरासहित सुतिरहेको बेलामा राति आगोे सल्केर सिरकमा टाँसिएको थियो । आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्