काठमाडौं, २५ पुस । बुधबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको भाउ पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ६० हजार १ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार ८ सयमा किनबेच भइरहेको छ ।
चाँदी आज तोलाको रु. ७६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
