ओली कमरेड होइनन्, प्रतिगमनकारी हुन् : अष्टलक्ष्मी शाक्य

asta-laxmi shakya
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी ओली प्रतिगमनकारी भएको बताएकी छिन्।

प्रचण्ड–नेपाल नेतृत्वको बुधबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शाक्यले ओली कमरेड नभएर प्रतिगमनकारी भएको बताएकी हुन्।

शाक्यले भनिन्, ‘अब केपी ओली कमरेड हैन, कमरेड भन्न छोडिसकेको छु। उहाँ प्रतिगमनकारी हो। तानाशाही हो, स्वेच्छाचारी हो। उहाँले गणतन्त्रलाई धावा बोल्यो। हामीले दुस्ख गरेर ल्याएको संविधानमा धावा बोले। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अपहरण भएको छ। आज हामीले त्यस्तो व्यक्तिलाई किन कमरेड भन्ने ?’