काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानिय बजारमा बुधवार सुनको भाउ रू १०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू ९२ हजार ९०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ८०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू १०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९२ हजार ४०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू ९२ हजार ३०० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलवार प्रतितोला रू एक हजार २५० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू एक हजार २६० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू १० ले बढेको हो ।



लोकपाटी न्यूज
