काठमाडौं, २४ पुस । पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडीमा नवजात शिशुको शव फेला परेको छ ।
पोखरा १७ बिरौटा स्थित अन्नपुर्ण मागबाट फोहोर उठाउने ग १ ख ८४७८ नम्बरको गाडीमा बोकेर ल्याएको फोहरमा शिशुको शव फेला परेको हो ।
पोखरा महानगरपालिका–१४ डम्पिङ साईडमा फोहोरको प्रकार छुट्टाउने क्रममा भेटिएको थियो । कर्मचारीहरुले उक्त शव तन्नाले बेरिएको अवस्थामा भेटाएको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।



लाेकपाटी न्यूज

